कांग्रेस महासमिति बैठक : कोशी र सुदूरपश्चिमका सदस्यहरू आक्रोशित, सहमहामन्त्री पाण्डेले मागे माफी
ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कोशी र सुदूरपश्चिम प्रदेशका सदस्यहरू आक्रोशित भएका छन् । बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूलाई कम समय दिएपछि उनीहरूले बैठक स्थलमा होहल्ला गरेका हुन् । महासमिति सदस्यहरुको राय लिने काम बुधबार सक्ने तयारी हुँदा बोल्ने समय घटाइएको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको प्रतिवेदनमा सदस्यहरूले बोल्ने क्रम जारी रहेका बेला समय घटाइएपछि महासमिति सदस्यहरू आक्रोशित भएका हुन् ।
ती प्रतिवेदनउपर छलफल गर्न बुधबार सुरुमा एक जनालाई पाँच मिनेटका दरले समय उपलब्ध गराइएको थियो । अपराह्नपछि तीन मिनेट मात्र उपलब्ध गराएपछि महासमिति सदस्यहरूले उठेर होहल्ला गरेका थिए । सदस्यहरूबिच केहीबेर धकेलाधकेल पनि भएको थियो ।
उक्त हलमा मोडियटर सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर छन् । बोल्न पाउनुपर्ने भन्दै नाराबाजी भएपछि सभापति बलायरले अब बोल्न पाउनुहुन्न भन्दै हस्तक्षेप गरेका थिए । त्यसपछि माहोल बिग्रिएपछि राय सुन्न केन्द्रीय प्रतिनिधि बनेर बसेका सहमहामन्त्री बद्री पाण्डेले गल्तीका लागि माफी मागेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण