कांग्रेस महासमिति बैठक : कोशी र सुदूरपश्चिमका सदस्यहरू आक्रोशित, सहमहामन्त्री पाण्डेले मागे माफी

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कोशी र सुदूरपश्चिम प्रदेशका सदस्यहरू आक्रोशित भएका छन् । बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूलाई कम समय दिएपछि उनीहरूले बैठक स्थलमा होहल्ला गरेका हुन् । महासमिति सदस्यहरुको राय लिने काम बुधबार सक्ने तयारी हुँदा बोल्ने समय घटाइएको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको प्रतिवेदनमा सदस्यहरूले बोल्ने क्रम जारी रहेका बेला समय घटाइएपछि महासमिति सदस्यहरू आक्रोशित भएका हुन् ।
ती प्रतिवेदनउपर छलफल गर्न बुधबार सुरुमा एक जनालाई पाँच मिनेटका दरले समय उपलब्ध गराइएको थियो । अपराह्नपछि तीन मिनेट मात्र उपलब्ध गराएपछि महासमिति सदस्यहरूले उठेर होहल्ला गरेका थिए । सदस्यहरूबिच केहीबेर धकेलाधकेल पनि भएको थियो ।
उक्त हलमा मोडियटर सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर छन् । बोल्न पाउनुपर्ने भन्दै नाराबाजी भएपछि सभापति बलायरले अब बोल्न पाउनुहुन्न भन्दै हस्तक्षेप गरेका थिए । त्यसपछि माहोल बिग्रिएपछि राय सुन्न केन्द्रीय प्रतिनिधि बनेर बसेका सहमहामन्त्री बद्री पाण्डेले गल्तीका लागि माफी मागेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते