प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने
बुधबार, ०९ फागुन २०८०, १९ : ४२

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेशसभाको हिउँदे अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री प्रचण्ड दाङको देउखुरी आउने भएका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौँ गएर बुधबार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएका थिए ।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही फागुन १८ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्रीले १९ गते समय दिएको सभामुख तुलाराम घर्तिमगरले बताए । उनले प्रदेश सभामा प्रधानमन्त्री आउँदा प्रदेश सभाको गरिमा वृद्धि हुने अपेक्षा रहेको बताए ।
यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही