भारतपछि बंगलादेशसँग विद्युत् बेच्न सम्झौता गर्दै नेपाल
काठमाडौँ । भारतसँग १० वर्षमा १० हजार मेगावाट सम्झौतापछि बंगलादेशसँग पनि बिजुली बेच्ने सम्झौता हुने भएको छ । नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश बेच्ने सम्झौता हुन लागेको हो ।
यो सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बंगलादेश उडेको छ । यो टोलीले बंगलादेशसँग सुरुवात चरणमा ४० मेगावाट बिजुली किनबेचको सम्झौता गर्नेछ ।
बंगलादेशसँग हुने बिजुली किनबेचका दीर्घकालीन सम्झौता हुनेछ । ४० मेगावाट बिजुली बेचेर नेपालमा खेर जाने बिजुलीको सदुपयोग हुनेभन्दा पनि तेस्रो मुलुकमा बिजुली व्यापारको ढोका खुल्नेछ ।
नेपाल र बंगलादेशबिच हुने सम्झौतापछि भारतसँग त्रिपक्षीय सम्झौता आवश्यक पर्ने छ । जुन सम्झौताका लागि भारतीय पक्ष तयार समेत देखिएको छ । नेपाल र भारतले अघिल्लो महिनामा मात्रै दीर्घकालीन बिजुली व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
सम्झौताअनुरूप नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म बिजुली निर्यातको ढोका खुलिसकेको छ ।
सम्झौताअनुसार नेपालले भारतको प्रशारणलाईन प्रयोग गरेर बंगलादेश बिजुली निर्यात गर्नेछ । भारतको प्रशारणलाईनको प्रयोग गरेबापत लाग्ने शुल्क भने बंगलादेशले तिर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण