सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

भारतपछि बंगलादेशसँग विद्युत् बेच्न सम्झौता गर्दै नेपाल

सम्झौताका लागि कुलमान बंगलादेश उडे
बुधबार, ०९ फागुन २०८०, २३ : ०५
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । भारतसँग १० वर्षमा १० हजार मेगावाट सम्झौतापछि बंगलादेशसँग पनि बिजुली बेच्ने सम्झौता हुने भएको छ । नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश बेच्ने सम्झौता हुन लागेको हो ।

यो सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बंगलादेश उडेको छ । यो टोलीले बंगलादेशसँग सुरुवात चरणमा ४० मेगावाट बिजुली किनबेचको सम्झौता गर्नेछ ।

बंगलादेशसँग हुने बिजुली किनबेचका दीर्घकालीन सम्झौता हुनेछ । ४० मेगावाट बिजुली बेचेर नेपालमा खेर जाने बिजुलीको सदुपयोग हुनेभन्दा पनि तेस्रो मुलुकमा बिजुली व्यापारको ढोका खुल्नेछ ।

नेपाल र बंगलादेशबिच हुने सम्झौतापछि भारतसँग त्रिपक्षीय सम्झौता आवश्यक पर्ने छ । जुन सम्झौताका लागि भारतीय पक्ष तयार समेत देखिएको छ । नेपाल र भारतले अघिल्लो महिनामा मात्रै दीर्घकालीन बिजुली व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौताअनुरूप नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म बिजुली निर्यातको ढोका खुलिसकेको छ ।

सम्झौताअनुसार नेपालले भारतको प्रशारणलाईन प्रयोग गरेर बंगलादेश बिजुली निर्यात गर्नेछ । भारतको प्रशारणलाईनको प्रयोग गरेबापत लाग्ने शुल्क भने बंगलादेशले तिर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप