शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट

बुधबार, ०९ फागुन २०८०, २२ : २०
बुधबार, ०९ फागुन २०८०

बुटवल। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ ।

न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.सुदर्शन थापाले रातोपाटीलाई बताए ।

2

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात  दुई दिनसम्म बुटवलमा अयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।  

मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौँ रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप