शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाल ‘ए’ र क्यानडा–११ बिच निर्णायक खेल आज

बिहीबार, १० फागुन २०८०, ०८ : २६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेपालको ‘ए’ टोलीले बिहीबार क्यानडा–११ सँग तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगिता खेल्दैछ । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।

त्यसैले नेपाल र क्यानडा दुबै टोलीले जितको सक्दो प्रयास गर्नेछन् । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । मंगलबार खेलिएको दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।

तेस्रो खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा विहान ९ः३० बजे सुरु हुनेछ । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप