डीडीसीले भदौदेखि दूधको भुक्तानी नगरेकोबारे माधव सापकोटाले गराए सरकारको ध्यानाकर्षण
बिहीबार, १० फागुन २०८०, ११ : ५२
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भदौदेखि डीडीसीले किसानको दुधको भुक्तानी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दूध किसानहरु मारमा परेको बताए ।
उनले भने–‘आत्मनिर्भर हुँदै गरेको नेपालको दूध व्यवसाय अहिले गम्भीर संकटमा रहेको छ । गाईभैसी पालेर गर्जो टार्ने सर्वसाधारणहरू गम्भीर मारमा परेका छन् । २ हजार दूध उत्पादक सहकारीहरू २० हजार रोजगारदाताहरू, ५ लाख घरधुरीहरू प्रत्यक्ष लाभान्वित छन्। तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी गरेको छैन, सडकमा दूध पोखिने गरेको छ ।’
सर्वसाधारणको जनआक्रोश पोखियो भने यसलाई थेग्न असम्भव हुने भन्दै संसद् सापकोटाले बेलैमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण