मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

डीडीसीले भदौदेखि दूधको भुक्तानी नगरेकोबारे माधव सापकोटाले गराए सरकारको ध्यानाकर्षण

बिहीबार, १० फागुन २०८०, ११ : ५२
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भदौदेखि डीडीसीले किसानको दुधको भुक्तानी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दूध किसानहरु मारमा परेको बताए । 

उनले भने–‘आत्मनिर्भर हुँदै गरेको नेपालको दूध व्यवसाय अहिले गम्भीर संकटमा रहेको  छ । गाईभैसी पालेर गर्जो टार्ने सर्वसाधारणहरू गम्भीर मारमा परेका छन् । २ हजार दूध उत्पादक सहकारीहरू २० हजार रोजगारदाताहरू, ५ लाख घरधुरीहरू प्रत्यक्ष लाभान्वित छन्। तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी गरेको छैन, सडकमा दूध पोखिने गरेको छ ।’

सर्वसाधारणको जनआक्रोश पोखियो भने यसलाई थेग्न असम्भव हुने भन्दै संसद् सापकोटाले बेलैमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप