टिआरसी विधेयक छिटो टुङ्ग्याउन सांसद नारायणी शर्माको माग
काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले सङ्क्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक छिटो टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले द्वन्द्वका बेला भएका कामहरूलाई समाधान गरेर जान विगतमा सरकार र तत्कालीन राजनीतिक दलहरूबिच जे सहमति भएको छ त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।
उनले ती सहमतिहरू अझै किन टुङ्गिन सकेन भन्ने प्रश्न गर्दै भनिन्– ‘शान्ति प्रक्रिया सम्पन्न भएको १७ वर्ष पुगिसकेको छ । त्यो द्वन्द्वको घाउलाई पूर्ण रूपमा किन पूर्णविराम गर्न सकिरहेका छैनौँ ? टिआरसी विधेयकमा जे कुरा उठिरहेको छ, एउटा कुनै अमुक पार्टीलाई दोष दिएर कुनै अमुक नेतालाई दोष दिएर समस्या हल हुन सक्यो कि सकेन त्यो प्रश्न जनतासामु उठेको छ ।’
सांसद शर्माले ढिलासुस्ती गरेर जान नहुने बताउँदै यो विषयलाई सामान्य सोच्न नहुने बताइन् । यो विषयमा विवाद नगरी यसलाई टुङ्ग्याउन सरकार र संसद् गम्भीर हुनुपर्ने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण