चर्चित ब्राजिलियन फुटबलर डानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर, साढे चार वर्ष जेल सजाय
काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर डानी आल्भेस एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोषी ठहर भएका छन् । स्पेनको बार्सिलोनास्थित अदालतले ४० वर्षीय पूर्वखेलाडी आल्भेसलाई बालात्कारको आरोपमा दोषी ठहर गरेको हो ।
अदालतले आल्भेसलाई साढे चार वर्षको जेल सजाय पनि सुनाएको छ । आफ्नो समयका प्रभावशाली खेलाडी आल्भेसमाथि बार्सिलोनाको नाइट क्लबमा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । उक्त घटना सन् २०२२ को डिसेम्बर ३१ तारिखमा भएको बताइएको छ ।
आल्भेसा स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी पनि हुन् । आल्भेसले भने उक्त घटना सहमतिमै भएको दाबी गर्दै आएका थिए । तर, न्यायालयले कुनै पनि प्रमाणले घटना सहमतिमा भएको पुष्टि नगरेकाले उनलाई दोषी ठहर गरिएको जनाएको छ ।
आल्भेसका कानुन व्यवसायीले भने बार्सिलोनास्थित अदालतको निर्णयविरुद्ध आफूहरुले माथिल्लो न्यायालयमा पुनरावेदन गर्ने बताएका छन् । अदालतको फैसलामा आल्भेसले पीडित महिलालाई एक लाख ५० हजार युरो क्षतिपूर्ति तिर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
आफ्नो समयका प्रभावशाली खेलाडी आल्भेसले बार्सिलोनाका अतिरिक्त फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब सेभियाबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।
आल्भेसले बार्सिलोनाका लागि चार सयभन्दा बढी खेल खेलेका थिए । उनले बार्सिलोनालाई ६ पटक ला लिगा र तीनपटक च्याम्पियन्स लिगको उपाधि पनि चुमाएका थिए । उनले ब्राजिलियन टोलीबाट विश्वकप पनि खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण