पानीका कारण मिटरब्याज पीडितहरूको सिंहदरबार मार्चपास रोकियो
काठमाडौँ । पानी परेका कारण काठमाडौँमा हुने भनिएको मिटरब्याजी पीडितहरूको सिंहदरबार मार्चपास रोकिएको छ । बिहीबार दिउँसो २ बजेदेखि थानकोटबाट सुरू भई सिंहदरबारसम्म हिँडेर जाने कार्यक्रम पानी परेका कारण रोकिएको हो ।
थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरु हिँडेर सिंहदरबारसम्म आउने तयारी गरेका थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण कार्यक्रम स्थगित गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।
बिहीबार स्थगित भएको मार्चपास कार्यक्रम शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने उनको भनाइ छ । बिहान मार्चपास कार्यक्रमपछि दिउँसो १ बजे भद्रकालीमा ऐक्यबद्धतासभाको आयोजना हुने अध्यक्ष कुशवाहले बताए ।
उनीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीबाट एकै पटक न्याय माग्दै हिँडेर काठमाडौँ आइपुगेका छन् । उनीहरू थानकोटस्थित त्रिभुवन पार्कमा बस्दै आएका छन् । उनीहरू २३ दिनसम्म हिँडेर काठमाडौँ आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण