छुटेनन् सूर्यदर्शन सहकारी ठगीका आरोपी, जिल्ला अदालतकै आदेश उच्चबाट सदर
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकाहरु नछुट्ने भएका छन् ।
कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पुर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) ले जिल्लाको आदेश बदर माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए । तर उच्चले जिल्लाकै आदेशलाई सदर गरेपछि उनीहरु कारागारमै गएका छन् ।
‘जिल्लाले जसलाई जे आदेश गरेको थियो, त्यही सदर भएको छ,’ उच्चका उपरजिष्ट्रार विश्वराज अर्यालले भने । न्यायाधीशहरु मिलन राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको अर्यालले बताए । रम्तेललाई असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । दर्लामीलाई १२ पुसमा र भोटेलाई पुस १८ गते कारागार पठाइएको थियो ।
सहकारी ठगीमा १९ जनाको संलग्ना देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सहकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते अदालतमा मुद्दा दर्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण