सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराका वडाध्यक्षको आक्रोश : मेयरको बानीले अपमानित हुनुपर्‍यो

शुक्रबार, ११ फागुन २०८०, ०६ : २६
शुक्रबार, ११ फागुन २०८०

पोखरा । पोखरा महानगरपालिकाको कार्यसम्पादन नतिजा कमजोर भएपछि एक जना वडाध्यक्षले मेयरको कार्यशैलीका कारण अपमानित हुनु परेको आरोप लगाएका छन् । पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले मेयर धनराज आचार्यको कार्यशैलीकै कारण मतदाता सामु आफूहरू अपमानित भएको बताए । ‘बैठकमा ठुला कुरा गर्ने तर व्यवहारमा शून्य महानगर प्रमुखको बानीले हामी पनि मतदाता सामु अपमानित हुनुपर्‍यो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

कार्यसम्पादन प्रतिवेदनको नतिजाले आफूलाई लज्जित बनाएको उनको भनाई छ । ‘कार्यपालिका सदस्य हुनुको नाताले यो दोषको भागिदार म पनि छु । पोखराको सुशासन र विकासका लागि कार्यपालिकामा जति विषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ,’ उनी अघि लेख्छन्, ‘तर सत्य तपाईँ हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निर्णय भन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निर्णय र काम कारबाहीका कारण आज पोखराले यो नियति भोगिरहेको छ ।’

मेयर आचार्यले सामूहिकतामा निर्णय नगरेकै कारण पोखराले असफलता व्यहोरेको थापाको भनाई छ । पालिकामा गठन भएका विषयगत समितिहरू सक्रिय नरहेका उनको आरोप छ । मेयरले जनजीविका भन्दा चर्चाका लागि मात्रै काम गर्ने गरेको उनले सुनाए । ‘प्रमुखले जनजीविकाका सवालमा भन्दा पनि चर्चाका लागि काम गर्दा पोखराको विकासले गति लिन सकेन । प्रगति विवरणले दुर्गति व्यहोर्दा कार्यपालिका सदस्यले पनि केही गरेनन् कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो,’ थापा भन्छन्, ‘तर हामीले कार्यपालिका बैठकमा विषयहरू गम्भीर ढङ्गले उठाएका छौँ । त्यसलाई सुन्ने र लागू नगर्ने क्रमले निरन्तरता पाइरह्यो । अब कार्यपालिका बैठकलाई रहस्यको कोठरीबाट बाहिर निकालेर जनचासो र खबरदारीको केन्द्र बनाउन आवश्यक छ ।’

गल्ती गरेकालाई गाली गर्न उनले सुझाए । उनले कार्यपालिका बैठकको प्रत्यक्ष प्रशासन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप