पोखराका वडाध्यक्षको आक्रोश : मेयरको बानीले अपमानित हुनुपर्यो
पोखरा । पोखरा महानगरपालिकाको कार्यसम्पादन नतिजा कमजोर भएपछि एक जना वडाध्यक्षले मेयरको कार्यशैलीका कारण अपमानित हुनु परेको आरोप लगाएका छन् । पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले मेयर धनराज आचार्यको कार्यशैलीकै कारण मतदाता सामु आफूहरू अपमानित भएको बताए । ‘बैठकमा ठुला कुरा गर्ने तर व्यवहारमा शून्य महानगर प्रमुखको बानीले हामी पनि मतदाता सामु अपमानित हुनुपर्यो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
कार्यसम्पादन प्रतिवेदनको नतिजाले आफूलाई लज्जित बनाएको उनको भनाई छ । ‘कार्यपालिका सदस्य हुनुको नाताले यो दोषको भागिदार म पनि छु । पोखराको सुशासन र विकासका लागि कार्यपालिकामा जति विषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ,’ उनी अघि लेख्छन्, ‘तर सत्य तपाईँ हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निर्णय भन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निर्णय र काम कारबाहीका कारण आज पोखराले यो नियति भोगिरहेको छ ।’
मेयर आचार्यले सामूहिकतामा निर्णय नगरेकै कारण पोखराले असफलता व्यहोरेको थापाको भनाई छ । पालिकामा गठन भएका विषयगत समितिहरू सक्रिय नरहेका उनको आरोप छ । मेयरले जनजीविका भन्दा चर्चाका लागि मात्रै काम गर्ने गरेको उनले सुनाए । ‘प्रमुखले जनजीविकाका सवालमा भन्दा पनि चर्चाका लागि काम गर्दा पोखराको विकासले गति लिन सकेन । प्रगति विवरणले दुर्गति व्यहोर्दा कार्यपालिका सदस्यले पनि केही गरेनन् कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो,’ थापा भन्छन्, ‘तर हामीले कार्यपालिका बैठकमा विषयहरू गम्भीर ढङ्गले उठाएका छौँ । त्यसलाई सुन्ने र लागू नगर्ने क्रमले निरन्तरता पाइरह्यो । अब कार्यपालिका बैठकलाई रहस्यको कोठरीबाट बाहिर निकालेर जनचासो र खबरदारीको केन्द्र बनाउन आवश्यक छ ।’
गल्ती गरेकालाई गाली गर्न उनले सुझाए । उनले कार्यपालिका बैठकको प्रत्यक्ष प्रशासन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण