परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउँदै

काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउन स्वास्थ्य परीक्षण गर्न थालेको छ । परशुराम नगरपालिकाकाले विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै ‘हेल्थ प्रोफाइल’ बनाउन सुरु गरेको हो । त्यसका लागि चिकित्सकसहितका स्वास्थ्यकर्मी खटिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए ।
उनका अनुसार विद्यार्थीको स्वास्थ्य स्थितिको मूल्याङ्कन गर्ने, स्वास्थ्य समस्याहरू पहिचान गर्ने, छात्रछात्रामा देखा परेका रोगबारे अभिभावकलाई परिचित गराउने, रोग रोकथामका उपायहरू अपनाउने, आवश्यक उपचार गर्ने उद्देश्यसहित स्वास्थ्य परीक्षण गर्दै विद्यार्थीको ‘हेल्थ प्रोफाइल’ बनाउने कार्यक्रम सुरु भएको हो ।
‘विद्यालयका बालबालिकाहरूको सामान्य स्वास्थ्य समस्या, आधारभूत सरसफाइ र पोषणको अवस्था पत्ता लगाउन र स्वस्थ रहने सामाजिक व्यवहारको सिकाइका साथै शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा सक्षम बनाउनका लागि परशुराम नगरपालिकाकाले विद्यार्थीको प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ,’ मेयर जोशीले भने, ‘भविष्यका कर्णधारहरूको स्वास्थ्यलाई स्वस्थ राखी शारीरिक, मानसिक रूपमा स्वच्छ र सबल जनशक्तिको निर्माण गर्नु स्वास्थ्य परीक्षण कार्यक्रम मुख्य लक्ष्य रहेको छ ।’
‘सम्पूर्ण विद्यार्थीको स्वास्थ्य परीक्षण भइसकेपछि परशुराम नगरपालिकाले अनलाइनमार्फत नै ती विद्यार्थीले आफ्नो स्वास्थ्य अवस्था हेर्न पाउने गरी प्रोफाइल तयार हुने छ,’ मेयर जोशीले भने । मेयर जोशीले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए उपचारमा पनि परशुराम नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाकाले प्रत्येक ६ महिनामा विद्यालयमै गएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची