वाफ च्याम्पियनसिप : एक खेल अगावै नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा
काठमाडौँ । नेपाली महिला टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूहगत चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि आफ्नो एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
सिरिया र इराक भने समूहगत चरणबाटै बाहिरिएका छन् । समूहगत चरणको अन्तिम खेल शनिबार खेलिने छ । शनिबारको खेलमा नेपालले प्यालेस्टाइन र सिरियाले इराकको सामना गर्नेछन् । उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा भने जोर्डन, लेबनान, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनान यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुवै टोलीले समूहगत चरणमा दुई–दुई जित हासिल गरिसकेका छन् ।
नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरेका थिए ।
यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा इराकमाथि ५–० गोलको फराकिलो अन्तरको जित हासिल गरेको थियो । बिहीबार खेलिएको इराकविरुद्धको खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल सङ्ख्या पनि ५० पुगेको छ । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् ।
सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् । नेपाली टोलीले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण