पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन, प्रवक्ताको जिम्मेवारी लाभालाई
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिएका हुन् ।
संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, सञ्चालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मनोनयन अनुसार निर्जला राउतलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै डा सुरेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, कविन्द्रनाथ ठाकुरलाई केन्द्रीय महासचिव तथा कोषाध्यक्ष, ज्ञानेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, विनोद कुमार सिंहलाई केन्द्रीय महासचिव, डा आभास लाभलाई केन्द्रीय प्रवक्ता र प्रदीप कुमार पाठकलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण