सर्लाहीबाट ११६ केजी गाँजा बरामद, कार चालक पक्राउ
शुक्रबार, ११ फागुन २०८०, १० : ४८
काठमाडौँ । प्रहरीले सर्लाहीको बागमती नगरपालिका–३ स्थित नयाँरोड बरहथवा सडक खण्डबाट ११६ केजी गाँजा बरामद गरेको छ । निजी कारमा गाँजा बोकेर हिँडेका कार चालकलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार छन् । बिहीबार सूर्य परियारले चलाएको बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा गाँजा फेला परेको एसपी ज्ञवालीले जानकारी दिए ।
सो कार दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण