युरोपा लिगको कीर्तिमानी खेलाडी बने पियर–एमरिक
काठमाडौँ । फ्रान्सेली क्लब मार्सेलीका स्ट्राइकर पियर–एमरिक औवामेयाङले युरोपा लिग फुटबलमा कीर्तिमान बनाएका छन् । ३४ वर्षीय स्ट्राइकर पियर–एमरिक युरोपा लिग फुटबलको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
युरोपा लिग फुटबलको बिहीबार राति सम्पन्न खेलपछि उनीले यस्तो कीर्तिमान बनाएका हुन् । युक्रेनी क्लब शाख्तर डोनेस्कविरुद्धको उक्त खेलमा उनले २३औँ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा शाख्तर डोनेस्कलाई ३–१ गोलले हराउँदै मार्सेली ५–३ कुल गोल भिन्नताका आधारमा युरोपा लिगको अन्तिम १६ मा पुगेको थियो ।
युरोपा लिगमा पियर–एमरिकले गरेको गोल संख्या ३१ पुगेको छ । यसअघि युरोपा लिगमा कोलम्बियन खेलाडी राडमेल फाल्काओ र पियर–एमरिकको नाममा ३०–३० गोलको कीर्तिमान थियो । शाख्तर डोनेस्कविरुद्धको खेलपछि उनले फाल्काओलाई उछिनेका छन् ।
पियर–एमरिक गाबनको राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन् । मार्सेलीमा आबद्ध हुनुअघि उनले इटालियन क्लब एसी मिलान, जर्मन क्लब बोरुसिया डर्टमण्ड, स्पेनिस क्लब बार्सिलोना तथा इङ्लिस क्लब आर्सनल र चेल्सीबाट पनि ब्यवसायिक फुटबल खेलिसकेका छन् ।
सन् २००९ मा यूईएफए कप नयाँ ढाँचामा सञ्चालन भएपछि यस्तो कीर्तिमान राख्न थालिएको हो । पियर–एमरिकले युरोपा लिगमा मार्सेलीका अतिरिक्त अन्य क्लबबाट पनि गोल गरिसकेका छन् । उनले युरोपा लिगमा आर्सनलका लागि १४, बोरुसिया डर्टमण्डका लागि आठ, बार्सिलोनाका दुई र मार्सेलीका लागि सात गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण