मेयरले योजना काट्न पत्र पठाएपछि विवाद, निर्णय सच्याउन कांग्रेसको ध्यानाकर्षण
पोखरा । पोखराका मेयर धनराज आचार्यको निर्णय भन्दै बिहीबार एउटा पत्र वडा र सबै महाशाखामा पठाइयो । पत्रमा विभिन्न ६ वटा बुँदा उल्लेख गरेर खर्च घटाउन भनिएको छ । महानगरपालिकाको आन्तरिक आम्दानी र संघबाट आउने वित्तीय समानिकरणको रकम कम हुने भन्दै महानगरले अहिलेसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न भनेको छ ।
महानगरले पत्र पठाएपछि कांग्रेस संसदीय दलले विरोध जनाएको छ । उक्त निर्णय सच्याउन कांग्रेसको माग छ । दलका नेता दिवसमान प्रधानाङ्गले सबै योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेका कारण पत्रका सबै बुँदा सच्याउन सुझाएका छन् ।
‘महानगरपालिकाद्वारा प्रेषित पत्रमा उल्लेखित ६ बुँदाका विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । पोखरा महानगरपालिकाको रातो किताबमा समावेश भएका सबै योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ,’ उनले पठाएको पत्रमा भनिएको छ, ‘महानगर र वडास्तरीय योजनाहरू रकमान्तर गर्नका लागि कार्यपालिका बैठकद्वारा अनुमोदित भई नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । रकमान्तरपछि बजेट व्यवस्था गरिएको सबै योजना तथा कार्यक्रमलाई असर पर्छ । ६ वटा बुँदामा तत्काल पुनर्विचार गर्न ध्यानाकर्षण गराउँदछु ।’
नगरसभाले रकमान्तर गर्न बाटो खुला गरेको भन्दै मेयरले रकमान्तर नगर्ने पत्र पठाउनु गलत हुने प्रधानाङ्गको भनाई छ । पोखराको आन्तरिक आम्दानी लक्ष्य भन्दा १ अर्ब कम हुने संशोधित अनुमान छ भने संघ सरकारले २५ प्रतिशत समानीकरण अनुदान घटाउने पक्का जस्तै छ । बजेट प्रक्षेपण अनुसार नभएपछि योजना कार्यान्वयन गर्न नसकिने महानगरको तर्क छ । वडाध्यक्षहरू छनोट भएका योजना काट्न नसक्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण