सांसद यादवको प्रश्न– जीवी राईलाई किन पक्राउ गरिएन ?
शुक्रबार, ११ फागुन २०८०, १२ : १०
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जीवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जीवी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए ।
उनले वीरगन्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानबिन अगाडी नबढेको बताए । उनले राईले विना धितो वीरगन्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए । उनले हालसम्म प्रहरीले राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।
उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण