सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद यादवको प्रश्न– जीवी राईलाई किन पक्राउ गरिएन ?

शुक्रबार, ११ फागुन २०८०, १२ : १०
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जीवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जीवी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए ।

उनले वीरगन्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानबिन अगाडी नबढेको बताए  । उनले राईले विना धितो वीरगन्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए । उनले हालसम्म प्रहरीले राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।

उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप