बेलायती विदेश मन्त्रालयलाई ह्याक गर्न सक्ने चिनियाँ कम्पनीकाे दाबी
लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् । ती कागजपत्रमा बेलायती सरकारका निकायहरू, बौद्धिक संस्था, व्यवसाय र परोपकारी संस्थाहरूको नाम समेत भेटिएको छ ।
अन्य केही कागजपत्रहरूले भने एशिया र यूरोपभरका सरकारी निकाय र व्यवसायहरू सफलतापूर्वक ह्याक गरेको पनि देखाएको छ । ह्याकहरूले चोरेका डेटाहरूको दुरुपयोग गरेका छन् कि छैनन् भन्ने चाँहि अहिलेसम्म स्पष्ट हुन सकेको छैन । दस्ताबेजहरू चुहाउन व्यक्तिको पहिचान खुलेको छैन । चुहिएका दस्ताबेजहरूबारे आफू अनभिज्ञ रहेको चीनस्थित बेलायती दूतावासले बताएको छ ।
यस मामिलामा चिनियाँ प्रहरी र आई–सूनले छानबिन गरिरहेको बताइएको छ । आई–सून चीनको सेना, प्रहरी र सुरक्षा सेवाहरूलाई साइबर सुरक्षा दिने कयौं निजी कम्पनी मध्ये एक हो । चुहिएको दस्ताबेज ५७७ पृष्ठको छ । फेब्रुअरी १६ मा अनलाइन डेभलपर मञ्च गिटहबमा च्याट लग चुहाइएको थियो । चुहिएका दस्ताबेजहरू सक्कली जस्तै देखिएका तीन सुरक्षा अनुसन्धानकर्ताहरूले बीबीसीलाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण