आजदेखि वुमेन्स प्रिमियर लिगको दोस्रो सिजन सुरु हुँदै
बैंग्लुरु । वुमेन्स प्रिमियर लिग (डब्लूपीएल) को दोस्रो सिजन आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । खेल बैंग्लुरुमा खेलिनेछ ।
यसपटक प्रतियोगिताका सबै खेल बैंग्लुरुको चिन्नास्वामी स्टेडियम र नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा खेलिनेछ । फाइनल खेल १७ मार्चमा दिल्लीमा खेलिनेछ । पछिल्लोपटक पूरै सिजन मुम्बईमा खेलिएको थियो ।
पहिलो सिजनजस्तै यो सिजन ५ टोलीले कूल २२ खेल खेल्नेछन् । समूह चरणका आफ्ना ८ खेलमा सबै टोली एक आपसमा दुई–दुई पटक आमनेसामने हुनेछन् । समूह चरणपछि शीर्ष स्थानमा रहेको टोली सिधै फाइनलमा प्रवेश गर्नेछ ।
दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउन एउटा मात्र प्लेअफ खेल खेल्नेछन् । प्रतियोगितामा हरमनप्रीत कौरको नेतृत्वमा मुम्बई इन्डियन्स, स्मृति मन्धानाको नेतृत्वमा रोयल च्यालेन्जर्स बैंग्लोर, मेग लेनिङको नेतृत्वमा दिल्ली क्यापिटल्स, बेथ मुनीको नेतृत्वमा गुजरात जायन्ट्स र एलिसा हिलीको नेतृत्वमा यूपी वारियर्स सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण