दुग्ध क्षेत्रको समस्याबारे छलफल
काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्रको सहयोगमा हाल देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा भएको छ ।
पछिल्लो समय दुग्धको मौज्दात, किसानलाई दिइने रकम भुक्तानीको विषय लगायत दुग्ध क्षेत्रको समसामयीक समस्या र निराकरणको विषयमा बिहीबार राजधानीमा छलफल भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचि सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिइन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले दुग्ध क्षेत्रको यो समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको उल्लेख गरे ।
कार्यक्रम डेरी विज्ञ डा. नारायण श्रेष्ठले हालको समस्या जसरी श्रृजना भयो यो दुःखद कुरा हो । इतिहासमै यस्तो समस्या पहिलो पटक आएकोले हामी सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण