आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध क्षेत्रको समस्याबारे छलफल

शुक्रबार, ११ फागुन २०८०, १९ : ३९
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्रको सहयोगमा हाल देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा भएको छ । 
पछिल्लो समय दुग्धको मौज्दात, किसानलाई दिइने रकम भुक्तानीको विषय लगायत दुग्ध क्षेत्रको समसामयीक समस्या र निराकरणको विषयमा बिहीबार राजधानीमा छलफल भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचि सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिइन् । 

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले दुग्ध क्षेत्रको यो समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको उल्लेख गरे । 
कार्यक्रम डेरी विज्ञ डा. नारायण श्रेष्ठले हालको समस्या जसरी श्रृजना भयो यो दुःखद कुरा हो । इतिहासमै यस्तो समस्या पहिलो पटक आएकोले हामी सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप