सिम्खडासहित चार जनालाई ‘नइ पुरस्कार’
काठमाडौँ । नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । सो प्रकाशनले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिए बापत बरिष्ठ कलाकार एवम् व्यंग्य कवि शैलेन्द्र सिम्खडालाई साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पु-याए बापत झापाकी रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपैयाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने समेत नइ प्रकाशन जनाएको छ ।
प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपैयाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने समेत सो प्रकाशनले जनाएको छ ।
त्यस्तै समाजसेवी नितु डङ्गोललाई पच्चिस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको संस्थाका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण