मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्खडासहित चार जनालाई ‘नइ पुरस्कार’

शुक्रबार, ११ फागुन २०८०, २१ : ४०
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ ।  नइ प्रकाशनले चार जनालाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । सो प्रकाशनले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिए बापत बरिष्ठ कलाकार एवम् व्यंग्य कवि शैलेन्द्र  सिम्खडालाई साठी हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पु-याए बापत झापाकी रीमा पाण्डे ‘मिनी’लाई पचास हजार रुपैयाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने समेत नइ प्रकाशन जनाएको छ ।

प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई पचास हजार रुपैयाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने समेत सो प्रकाशनले जनाएको छ ।

त्यस्तै समाजसेवी  नितु डङ्गोललाई पच्चिस हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने छ । 

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको  बैठकले सो निर्णय गरेको संस्थाका सदस्यसचिव नरेन्द्रराज प्रसाईले विज्ञप्तिमार्फत  जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप