पक्की सडक निर्माण गर्न आग्रह गर्दै कागेश्वरी मनोहरा- ७ का वडा अध्यक्षलाई ज्ञापनपत्र
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ का बासिन्दाले आफ्नो टोलमा रहेको सडक तत्काल निर्माण गरिदिन पहल गर्न माग गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष भीमसेन थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले कागेश्वरी मनोहरा ८ को साविक नागरिक सहकारी संस्थाबाट करिब ३ सय मिटर दक्षिण तथा वीरेन्द्रचोक नजिकको सानो गणेश मन्दिरबाट उत्तरतर्फ रहेको सो सडक दुई वडाबिचको सीमा रहेको र जग्गा प्लानिङ गर्ने व्यक्तिहरुले गरेको गडबडीका कारण सडक निर्माण अधुरो रहँदै आएको जनाउँदै तत्काल कालोपत्रे गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले विनायक प्रोपर्टी प्रालिका सञ्चालक जनक खड्का र विनोद ओझा समेतले १० रोपनी जग्गामा घडेरी प्लानिङ गरी नापी कार्यालय चाबहिलको प्रमाणित नक्सामा २० फिट बाटो देखाई फिल्डमा समेत ग्राबेल हालिसकेको जनाउँदै पछिल्लो समयमा साँध–सीमानाको विवाद उठाएर सडक निर्माणको काम रोकिएको आरोप लगाएका छन् ।
उनीहरुले सो टोलमा सोही नक्साका आधारमा करिब आधा दशकदेखि भवन निर्माण भैरहेको समेत दाबी गरेका छन् । उनीहरुले सो सडक नगरपालिकाको २०७८ सालको ठेक्का बमोजिक निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म अधुरै रहेको र वर्षातको समयमा मानिस तथा सवारी साधनको आवातजावतमा धेरै कठिनाई हुने गरेको दुःखेसो गरेका छन् । स्थानीयवासीले यसै वर्षको वर्षातको समय अगावै पक्की सडक निर्माण सम्पन्न गर्न यथाशीर्घ कार्य प्रारम्भ गर्न समेत वडाअध्यक्ष समक्ष आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै वडाअध्यक्ष थापाले समयमै सडक निर्माणका लागि पहल गर्न आफू सकारात्मक रहेको बताएका छन् । ज्ञापनपत्रमा सो टोलका २३ जनाले हस्ताक्षर गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण