मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

क्रान्ति बोलाउने मान्छे

शनिबार, १२ फागुन २०८०, ०६ : ४१
शनिबार, १२ फागुन २०८०

ए क्रान्ति बोलाउने मान्छे !
पहिले सोध आफूभित्रको मान्छेलाई 
त्यो उच्च चेतना छ कि छैन भनेर ?

ए उज्यालो बोलाउने मान्छे !
पहिले सोध, आफूभित्रको मान्छेलाई 
भित्र कतै अँध्यारो छ कि भनेर । 

ए प्रेम जन्माउने मान्छे !
पहिले सोध आफूभित्रको मान्छेलाई 
भित्र कतै घृणा छ कि भनेर । 

क्रान्ति जन्माउन प्रेम रोप्नुपर्छ 
प्रेम जन्माउन क्रान्ति रोप्नुपर्छ ।

अभिन्न छन् यी दुई
प्रेम उत्कृष्ट क्रान्ति हो 
क्रान्ति उत्कृष्ट प्रेम हो । 

क्रान्ति प्रेम हो
मिलन हो
न कि विछोड र घृणा
क्रान्ति प्राप्ति हो 
उपलब्धि हो
न कि आँसु र वेदना ।  

क्रान्ति त त्यो ऐश्वर्य हो 
जहाँ प्रेम हुन्छ मात्र प्रेम हुन्छ । 

त्यो प्रेमिल फूल फुलाउन 
आफुलाई योग्य बनायौ ?
के तिमीले आफूभित्रको मान्छेलाई जगायौ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आस्था घिमिरे
आस्था घिमिरे
लेखकबाट थप