कविता
क्रान्ति बोलाउने मान्छे
शनिबार, १२ फागुन २०८०, ०६ : ४१
ए क्रान्ति बोलाउने मान्छे !
पहिले सोध आफूभित्रको मान्छेलाई
त्यो उच्च चेतना छ कि छैन भनेर ?
ए उज्यालो बोलाउने मान्छे !
पहिले सोध, आफूभित्रको मान्छेलाई
भित्र कतै अँध्यारो छ कि भनेर ।
ए प्रेम जन्माउने मान्छे !
पहिले सोध आफूभित्रको मान्छेलाई
भित्र कतै घृणा छ कि भनेर ।
क्रान्ति जन्माउन प्रेम रोप्नुपर्छ
प्रेम जन्माउन क्रान्ति रोप्नुपर्छ ।
अभिन्न छन् यी दुई
प्रेम उत्कृष्ट क्रान्ति हो
क्रान्ति उत्कृष्ट प्रेम हो ।
क्रान्ति प्रेम हो
मिलन हो
न कि विछोड र घृणा
क्रान्ति प्राप्ति हो
उपलब्धि हो
न कि आँसु र वेदना ।
क्रान्ति त त्यो ऐश्वर्य हो
जहाँ प्रेम हुन्छ मात्र प्रेम हुन्छ ।
त्यो प्रेमिल फूल फुलाउन
आफुलाई योग्य बनायौ ?
के तिमीले आफूभित्रको मान्छेलाई जगायौ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण