‘जीत मान्दिनँ’मा प्रभात र प्रनिमाको प्रेमकथा
शनिबार, १२ फागुन २०८०, ०७ : २२

काठमाडौँ । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा उनीहरूको प्रेम र रोमान्स देखाउन खोजिएको छ ।
मनाङको रमणीय स्थानमा छायाङ्कन भएको भिडियोमा उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादन छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् ।
डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयको कम्प्युटर चोरेका ३ जना युवक पक्राउ
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश