सशस्त्र प्रहरीको पोस्टमा आगलागी, हातहतियार तथा गोलीगट्ठा जलेर नष्ट
वीरगन्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ । जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए ।
उनले भने, ‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । तर सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ ।’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण