समूह विजेता बन्दै नेपाल वाफको सेमिफाइनलमा
काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो ।
पराजित भएको प्यालेस्टाइन उप विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गर्यो । समूह चरणको अन्तिम खेलमा नेपाललाई जित दिलाउन नेपाली गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गीता रानाले समान एक ÷एक गोल गरे ।
खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । ६० औँ मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
७९ औँ मिनेटमा रश्मी घिसिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टी पाएको थियो । सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गीता रानाले गोलमा परिणत गरेपछि अन्ततः नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बनेको हो । नेपालले सेमिफाइनलमा लेबनानसँग खेल्दा प्यालेस्टाइनले जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण