केनको गोलले बायर्न म्युनिखलाई राहत
काठमाडौँ । बुन्डेस लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको खेलमा बायर्न म्युनिखले आरबी लिपजिगमाथि २–१ गोलको जित हासिल गरेको हो ।
जितसँगै बायर्न म्युनिखले लिग लिडर बायर लिभरकुजेनसँगको दूरी आठ अंकमा झारेको छ । बायर्न म्युनिखको रोमाञ्चक जितमा ह्यारी केन नायक बने । टोलीका लागि दुवै गोल केनले नै गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयको ५६औँ मिनेटमा केनले पहिलो गोल गरेका थिए । ७०औँ मिनेटमा आरबी लिपजिगका बेन्जामिन सिस्कोले जवाफी गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा केनले नै आकर्षक गोल गर्दै बायर्न म्युनिखलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका थिए । केनले बुन्डेस लिगामा गरेको गोल सङ्ख्या पनि २७ पुगेको छ ।
गत समरमा बायर्न म्युनिखमा आबद्ध भएका केनले क्लबका लागि सबै प्रतियोगितालाई मिलाउँदा हालसम्म ३१ गोल गरिसकेका छन् । बायर्न म्युनिखले घरेलु लिगमा खेलेको पछिल्ला तीन खेलमा पहिलो जित हात पारेको हो ।
हालसम्म २३ खेल खेलेको लिभरकुजेन ६१ अंकसहित तालिकाको पहिलो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा आसिन बायर्न म्युनिखको ५३ अङ्क छ । आरबी लिपजिग भने समान खेलबाट ४० अङ्क बटुल्दै तालिकाको पाँचौँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण