‘खजुरे ब्रो’ वैशाख २८ मा प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले आगामी वैशाख २८ प्रदर्शन मिति घोषणा गर्दै फस्टलुक बाहिर ल्याएको हो ।
पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२ औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । धरानबासीको सम्मानका धरानै आएर पोष्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए ।
फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुरज सुनुवार हुन् । फिल्मबाट धरानका मेयर हर्क साम्पाङ्गले अभिनयमा डेब्यु गरेका छन् ।
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म हो । फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ । ‘खजुरे ब्रो’ बाट नीति शाहले पनि अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् । फल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय छ ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ ।
फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । फिल्म वितरण आरआर फिल्मस्ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान