संसारका १० बेष्ट सेलिङ स्मार्टफोनको शीर्ष ७ मा एप्पल
क्यालिफोनिर्या । संसारमा सबैभन्दा धेरै बिक्ने १० फोनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको वचश्र्व छ । त्यस्तै सन् २०२३ मा सबैभन्दा धेरै बिक्री भएका १० स्मार्टफोनको विश्वव्यापी सूचीको शीर्ष ७ मा पनि एप्पल नै परेको छ ।
आईफोन १४ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन थियो । विश्वभर कूल बिक्री भएका यो मोडलको फोनमध्ये आधा फोन अमेरिका र चीनमा मात्रै बिक्री भएका थिए । दोस्रो र तेस्रो बढी बिक्ने स्मार्टफोन आइफोन १४ प्रो म्याक्स र आइफोन १४ प्रो थिए ।
शीर्ष १० को सूचीमा रहेको सबैभन्दा पुरानो मोडल आइफोन १३ थियो ।
हार्डवेयर बुढो हुँदै गइरहेको भएपनि गत वर्ष जापान र भारतमा यो फोनको बिक्री वार्षिक दोहोरो अंकले बढ््यो । जसले गर्दा बेष्ट सेलर फोनको सूचीमा चौथो स्थानमा यो फोन रहन सफल भयो । आइफोन १५ प्रो म्याक्स सबैभन्दा धेरै बिक्री हुने पाँचौं स्मार्टफोन बन्यो । आइफोन १५ प्रो र आइफोन १५ भने क्रमशः सूचीको छैठौं र सातौं स्थानमा थिए ।
यो सूचीको पुछारतिरको तीन स्थानमा सामसङको बजेट फोन ग्यालेक्सी ए सिरिजका फोन थिए । ग्यालेक्सी ए १४ ५ जी, ग्यालेक्सी ए ०४ ई र ग्यालेक्सी ए १४ ४ जी थिए । गएको वर्ष विश्वभर बिक्री भएका कूल स्मार्टफोनमा यी १० फोनको अनुपात २० प्रतिशत थियो । यो अनुपात अहिलेसम्मकै धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण