मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता
काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘अपराध प्रकृति अनुसार अपहरण वा शरीर बन्धक कसुरमा मुद्दा चलाउनुपर्ने देखियो ।’ फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।
प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण