मनकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘अपराध प्रकृति अनुसार अपहरण वा शरीर बन्धक कसुरमा मुद्दा चलाउनुपर्ने देखियो ।’ फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।
प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी