सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबिच अन्तरक्रिया

आइतबार, १३ फागुन २०८०, १५ : ०२
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आज नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरेको छ । उक्त कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरूलाई नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता माननीय रमेशजंग रायमाझीले खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति माननीय प्रकाश पन्थले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रममा बहालवाला राष्ट्रिय सभा सदस्य माननीय कमला पन्त, माननीय अनिता देवकोटा, माननीय कृष्णप्रसाद पौडेल, माननीय दुर्गा कुमारी गुरुङ, माननीय नारायणदत्त मिश्र र माननीय युवराज शर्माले आफूहरूको संसदीय अनुभवबारे बताए । 

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, माननीय विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, माननीय किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले संक्षिप्तमा रूपमा भनाई राख्दै राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमका नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा हालसम्म नेपाली कांग्रेसको भूमिका, राष्ट्रिय सभा र विषयगत समितिहरूमा कांग्रेसको कार्य सम्पादनका बारे नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई बताएको प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप