कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबिच अन्तरक्रिया
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्यबिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आज नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरेको छ । उक्त कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरूलाई नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता माननीय रमेशजंग रायमाझीले खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति माननीय प्रकाश पन्थले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बहालवाला राष्ट्रिय सभा सदस्य माननीय कमला पन्त, माननीय अनिता देवकोटा, माननीय कृष्णप्रसाद पौडेल, माननीय दुर्गा कुमारी गुरुङ, माननीय नारायणदत्त मिश्र र माननीय युवराज शर्माले आफूहरूको संसदीय अनुभवबारे बताए ।
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, माननीय विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, माननीय किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले संक्षिप्तमा रूपमा भनाई राख्दै राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा हालसम्म नेपाली कांग्रेसको भूमिका, राष्ट्रिय सभा र विषयगत समितिहरूमा कांग्रेसको कार्य सम्पादनका बारे नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई बताएको प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण