रोयल इन्फिल्डको कार्निभल सम्पन्न
काठमाडौँ । रोयल इन्फिल्डले हन्टर कार्निभल ‘राइड एन्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ ।रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले हाल सालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर शंखमुलमा आयोजना गरेको हो ।
यस कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरू र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरू भएको थियो । यस कार्यक्रममा १२०० जना सहभागी भएका थिए ।
स्लो रेस कम्पिटिसनको प्रथम स्थानमा सञ्जय बुढाथोकी, दोस्रो स्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठले हासिल गरेका थिए । उनीहरूले मेडल, सर्टीफिकेट, रोयल इन्फिल्डको राइडिङ ज्याकेट, हेल्मेट लगायतका सामानहरू प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण