शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इन्फिल्डको कार्निभल सम्पन्न

आइतबार, १३ फागुन २०८०, १६ : ५२
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । रोयल इन्फिल्डले हन्टर कार्निभल ‘राइड एन्ड भाइव’ थिममा कार्यक्रम आयोजना गरेको छ ।रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले हाल सालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल शनिबार इजी वे ट्रायल सेन्टर शंखमुलमा आयोजना गरेको हो ।

यस कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरू र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरू भएको थियो । यस कार्यक्रममा १२०० जना सहभागी भएका थिए ।

स्लो रेस कम्पिटिसनको प्रथम स्थानमा सञ्जय बुढाथोकी, दोस्रो स्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठले हासिल गरेका थिए । उनीहरूले मेडल, सर्टीफिकेट, रोयल इन्फिल्डको राइडिङ ज्याकेट, हेल्मेट लगायतका सामानहरू प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप