३ सय ८४ रोपनी जग्गा निजीकरणको आरोपमा १ सय ८७ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए ।
६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । आयोगले सुरु जग्गा दर्तावालाहरू केशावती पुरी सहित ६५ जनालाई प्रतिवादी कायम गरेको छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झा सहित नौ जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । आरोपीहरूले ३८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । हिनामिना भएको जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार भन्दा धेरै हुने आयोगले जनाएको छ ।
आरोपीहरूले साबिकको नापीमा ‘सरकारी’ देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्ववासी’ ब्यहोरा जनाएर निजीकरण गरेका हुन् । जग्गा ‘स्वबासी’ जनाएर निजीकरण गर्ने ६५ जनासँग अख्तियारले ४१ करोड ६२ लाख १९ हजार बिगो मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण