शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
अख्तियारको एक्सन

३ सय ८४ रोपनी जग्गा निजीकरणको आरोपमा १ सय ८७ जना विरुद्ध मुद्दा दायर

आइतबार, १३ फागुन २०८०, १७ : ३०
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । झापास्थित दमकको ३ सय ८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी सहित १ सय ८७ जना विरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सहित १ सय ८७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । 

६५ जनाले साबिकको नापीमा सरकारी देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्वबासी’ जनाएर निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । आयोगले सुरु जग्गा दर्तावालाहरू केशावती पुरी सहित ६५ जनालाई प्रतिवादी कायम गरेको छ । जग्गा फिर्ता लिने प्रयोजनका लागी ११३ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत स्वर्गीय शशीकान्त झा सहित नौ जना कर्मचारीलाई प्रतिवादी बनाएको छ । आरोपीहरूले ३८४ रोपनी ८ आना जग्गा निजीकरण गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ । हिनामिना भएको जग्गाको न्यूनतम मूल्याङ्कन ४१ करोड ६२ लाख १९ हजार भन्दा धेरै हुने आयोगले जनाएको छ । 

आरोपीहरूले साबिकको नापीमा ‘सरकारी’ देखिएको जग्गालाई नयाँ नापी हुँदा ‘स्ववासी’ ब्यहोरा जनाएर निजीकरण गरेका हुन् ।  जग्गा ‘स्वबासी’ जनाएर निजीकरण गर्ने ६५ जनासँग अख्तियारले ४१ करोड ६२ लाख १९ हजार बिगो मागदावी लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप