मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
मिटरब्याज पीडित

मिटरब्याज पीडितद्वारा ९ सदस्यीय वार्ता टोली गठन, औपचारिक वार्ता सुरु

आइतबार, १३ फागुन २०८०, २० : १५
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको छ।  आजैबाट सरकार पक्ष र संघर्ष समितिबिच औपचारिक वार्ता सुरु भएको छ।

यसअघि सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको थियो । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । 

गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप