२२१ वटा वनरक्षक पदमा आवेदन माग
काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.pl.gov.np मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ ।
परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ ।
प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००/- (तीन सय मात्र) बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु. १००/- (एक सय) थप दस्तुर बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण