पीएसजीका प्रशिक्षक भन्छन्, ‘हामीले एमबाप्पे बिना नै खेल्ने बानी बसाउनुपर्छ’
पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकले आगामी दिनमा आफ्नो टोलीले प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे बिना नै खेल्ने बानी बसाउनु आवश्यक रहेको बताएका छन् ।
फ्रेन्च लिग फुटबलको आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई रेनले १–१ गोलको बराबरीमा रोकेपछि प्रशिक्षक एनरिकले यस्तो धारणा व्यक्त गरेका हुन् । फ्रान्सेली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य समेत रहेका २५ वर्षीय एमबाप्पेले पीएसजी छाडने निश्चित भइसकेको छ ।
एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध हुने निश्चित भइसकेको छ । रेनविरुद्धको खेलमा प्रशिक्षक एनरिकले एमबाप्पेलाई ६५औँ मिनेटमा मैदान बाहिर निकालेर उनको स्थानमा गोनकालो रामोसलाई मैदानमा पठाएका थिए ।
रेनविरुद्धको खेलमा पीएसजीका लागि बराबरी गोल पनि रामोसले नै गरेका थिए । ‘हामीले एमबाप्पे बिना नै खेल्ने बानी बसाउनु पर्छ । हामीसँग अर्को विकल्प छैन,’ प्रशिक्षक एनरिकले भनेका छन् । जारी सिजनको लिगमा पीएसजी पछिल्लो १८ खेलमा अपराजित रहँदै आएको छ ।
पीएसजी २३ खेलबाट ५४ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन ब्रेष्टसँग पीएसजीले ११ अङ्कको अग्रता हासिल गरिसकेको छ । ब्रेष्टले २३ खेलबाट ४३ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण