मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीका प्रशिक्षक भन्छन्, ‘हामीले एमबाप्पे बिना नै खेल्ने बानी बसाउनुपर्छ’

सोमबार, १४ फागुन २०८०, १० : १२
सोमबार, १४ फागुन २०८०

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक लुइस एनरिकले  आगामी दिनमा आफ्नो टोलीले प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे बिना नै खेल्ने बानी बसाउनु आवश्यक रहेको बताएका छन् ।

फ्रेन्च लिग फुटबलको आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई रेनले १–१ गोलको बराबरीमा रोकेपछि प्रशिक्षक एनरिकले यस्तो धारणा व्यक्त गरेका हुन् । फ्रान्सेली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य समेत रहेका २५ वर्षीय एमबाप्पेले पीएसजी छाडने निश्चित भइसकेको छ ।

एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध हुने निश्चित भइसकेको छ । रेनविरुद्धको खेलमा प्रशिक्षक एनरिकले एमबाप्पेलाई ६५औँ मिनेटमा मैदान बाहिर निकालेर उनको स्थानमा गोनकालो रामोसलाई मैदानमा पठाएका थिए ।

रेनविरुद्धको खेलमा पीएसजीका लागि बराबरी गोल पनि रामोसले नै गरेका थिए । ‘हामीले एमबाप्पे बिना नै खेल्ने बानी बसाउनु पर्छ । हामीसँग अर्को विकल्प छैन,’ प्रशिक्षक एनरिकले भनेका छन् । जारी सिजनको लिगमा पीएसजी पछिल्लो १८ खेलमा अपराजित रहँदै आएको छ ।

पीएसजी २३ खेलबाट ५४ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन ब्रेष्टसँग पीएसजीले ११ अङ्कको अग्रता हासिल गरिसकेको छ । ब्रेष्टले २३ खेलबाट ४३ अङ्क जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप