मिटरब्याज पीडितको आन्दोलन
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउने तयारी
सोमबार, १४ फागुन २०८०, ११ : ०६
_gr3jgtmcnu_8hEvApdJPy.jpg)
काठमाडौँ । देशभरबाट न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूलाई काठमाडौँको भृकुटी मण्डपबाट हटाउने तयारी भएको छ । समाज कल्याण परिषद्ले मिटरब्याज पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डप खाली गर्न प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरीलाई निर्देशन दिएपछि उनीहरूलाई हटाउने तयारी भएको हो ।
तर विकल्प बिना बसिरहेको स्थानबाट हटाउने स्थानीय प्रशासनको प्रयासप्रति पीडितहरूले विरोध गरेका छन् ।