मुकेश अम्बानी रिलायन्स र बहुराष्ट्रिय मनोरञ्जन कम्पनी वाल्ट डिज्नीबीच मर्जर सम्झौता
नयाँ दिल्ली । एसियाका सबैभन्दा धनी व्यक्ति भारतीय खर्बपति व्यापारी मुकेश अम्बानी लामो समयदेखि मनोरञ्जन क्षेत्रमा ‘किंग’ बन्न लागेको चर्चा चलिरहेको थियो । अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज र अमेरिकी बहुराष्ट्रिय मनोरञ्जन कम्पनी वाल्ट डिज्नीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेड र वाल्ट डिज्नी कम्पनीले भारतमा आफ्नो मिडिया सञ्चालनलाई गाभ्न एक बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
अंग्रेजी पत्रिका ब्लुम्बर्गमा छापिएको समाचारका अनुसार यस मामिलामा परिचितहरूले बताएको भन्दै समाचारमा भनेको छ । सम्झौताका अनुसार मर्जरपछि बन्ने कम्पनीमा रिलायन्स र उसको सहयोगीहरूले कम्तीमा पनि ६१ प्रतिशत शेयर पाउनेछन् । बाँकी शेयर वाल्ट डिज्नीसँग हुने बताइएको छ । यो सम्झौताको आधिकारिक घोषणा भने हुन बाँकी छ । अहिलेसम्म दुबै कम्पनीको तर्फबाट कुनै आधिकारिक घोषणा भएको छैन । यो सम्झौता सफल भयो भने यसबाट बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी हुनेछ ।
सम्झौताअनुसार ६१ प्रतिशत हिस्सेदारीका लागि रिलायन्सले १ अर्ब ५० करोड डलर लगानी गर्ने बताइएको छ । यस अघि वाल स्ट्रिट जर्नलले पनि एउटा समाचारमा वाल्ट डिज्नीले आफ्नो भारतीय व्यवसायलाई भायोकमलाई बेच्न सहमत भएको बताइएको थियो । रिलायन्स वाल्ट डिज्नी सम्झौताबारे यही हप्ता घोषणा हुन सक्ने अनुमान गरिएको छ । रिलायन्सले टाटा प्लेमा पनि स्वामित्वका लागि वार्ता गरिरहेको खबर पनि आएका थिए । यो खबर साँचो साबित भयो भने कुनै भेञ्चरमा टाटा र अम्बानीले सहकार्य गरेको पहिलो पटक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण