‘दी लिजेन्ड क्रिकेट ट्रफी’ मा क्रिस गेल, युवराज सिंह, साहिद अफ्रिदीजस्ता पूर्व खेलाडीको जमघट
काठमाडौँ । सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका आफ्नो समयका चर्चित क्रिकेटरहरु पुनः खेल मैदानमा देखिने भएका छन् । चर्चित पूर्वक्रिकेटरलाई समेटेर श्रीलंकाको केन्डीस्थित पालेकेल रंगशालामा ‘दी लिजेन्ड क्रिकेट ट्रफी’ आयोजना हुन लागेको हो ।
पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता मार्च ८ देखि १९ तारिखसम्म सञ्चालन हुने समाचारमा जनाइएको छ । यो प्रतियोगिता ९० बल ढाँचाको हुने बताइएको छ । क्रिकेटको यो ढाँचा रोमाञ्चक हुने विश्वास आयोजकले लिएको छ ।
प्रतियोगितामा क्रिस गेल, हरभजन सिंह, युवराज सिंह, साहिद अफ्रिदी, सुरेश रैना, मार्टिन गप्टिल, तिलकरत्ने दिल्सानजस्ता आफ्नो समयका चर्चित खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने भएको छ । प्रतियोगिता १२ दिनसम्म चल्नेछ ।
प्रतियोगितामा सातवटा टोलीको सहभागिता रहने छ । प्रत्येक टोलीमा विश्वका चर्चित पूर्वखेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताका क्रममा कुल २२ वटा खेल खेलिने छ । लिजेन्ड क्रिकेट ट्रफीका निर्देशक शभैन शर्मा भन्छन्, ‘विश्वभरका क्रिकेट समर्थकले आफ्ना लिजेन्ड क्रिकेटरहरुको खेल हेर्न पाउन भन्ने उद्देश्यले प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसबाट गर्न लागिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण