सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा १ सय २२ किलो गाँजा बरामद

सोमबार, १४ फागुन २०८०, १२ : ५९
सोमबार, १४ फागुन २०८०

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-५ साहेवगंजस्थित पश्चिम टोल साइटबाट अवैध लागु औषध गाँजा १ सय २२ किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ । 

ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र मोटरसाइकलमा रहेको ४ वटा बोरा छाडी फरार भएपश्चात् बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप