बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेट संघबाट कति पारिश्रमिक पाउँछन् पुरुष क्रिकेट खेलाडीले ?

सोमबार, १४ फागुन २०८०, १५ : ०२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले क्यानको केन्द्रीय सम्झौतामा आबद्ध महिला तथा पुरुष क्रिकेट खेलाडीहरूलाई दिइने मासिक पारिश्रमिकको विषयमा पनि निर्णय गरेको छ ।

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ । ग्रेड ‘बी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ७० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ । ग्रेड ‘सी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ५५ हजार रुपैयाँ तलब दिइने छ ।

यसै गरी ग्रेड ‘डी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप