क्रिकेट संघबाट कति पारिश्रमिक पाउँछन् महिला क्रिकेट खेलाडीले ?
सोमबार, १४ फागुन २०८०, १५ : ०४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले क्यानको केन्द्रीय सम्झौतामा आबद्ध महिला तथा पुरुष क्रिकेट खेलाडीहरूलाई दिइने मासिक पारिश्रमिकको विषयमा पनि निर्णय गरेको छ ।
महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ । ग्रेड ‘बी’ मा रहेका महिला खेलाडीले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
यसैगरी ग्रेड ‘सी’ मा रहेका महिला खेलाडीले मासिक ३० हजार तलब पाउँछन् । ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण