बैंकिङ प्रणालीको पुँजी उत्पादनमूलक क्षेत्रमा लैजाने रणनीति बनाउँदै सरकार
काठमाडौँ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव धनिराम शर्माले सरकारले बैंकिङ पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजाने रणनीति बनाइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बैंकको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानेबारे रणनीति बनिरहेको बताएका हुन् ।
हिजोको दिनमा दिएको ‘रिल्याक्सेन’ (सुविधा)ले बैकिङ पुँजी अनुत्पादनक क्षेत्रतर्फ आकर्षित भएको हुँदा अब उत्पादनमूलक क्षेत्रमा बैंकिङ पुँजी लैजाने सरकारको रणनीति रहेको उनले बताए । त्यसैले सरकारले सीमित पुँजीमा काम गर्न खोजिरहेको शर्माको भनाइ छ ।
‘अहिले हाम्रो (ध्यान) बैंकिङ पुँजी उत्पादनमूलक क्षेत्रमा जानुपर्छ भन्ने छ,’ उनले भने, ‘पुँजी उत्पादनशील क्षेत्रमा लैजान बैंक, रेगुलेटर र सरकारको भूमिका रहन्छ ।’ पछिल्लो समय बैंकिङ क्षेत्रप्रतिको विश्वास घटाउने किसिमका प्रयास भइरहेकोतर्फ सरकार, अर्थ मन्त्रालय र बैंकिङ क्षेत्रले महसुस गरिरहेको शर्माले बताए ।
अहिले सरकारले सीमित पुँजीमा काम गर्न खोजिरहेको बताउँदै उनले नयाँ केही उदार बन्दा आयात बढेर तरलता समस्या हुनेतर्फ सचेत गराए । उनले भने, ‘अलि कसिलो गर्दा तरलता सस्तो भइहाल्छ। त्यो खालको समस्यामा छौँ। अलि बाहिरबाट पुँजी ल्याउन पाएको भए त्यसले दीर्घकालको लागि पुँजी निर्माण गर्न सक्थ्यौँ ।’
बाहिरबाट पुँजी ल्याउन नीतिगत काम गर्नुपर्ने देखिएको र यही बेला लगानी सम्मेलन आयोजन हुन लागेकाले त्यसअघि नै लगानीका लागि बाधक देखिएका पक्षलाई समाधान गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण