सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप गर्न सिफारिस
काठमाडौँ । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फेरि थप गर्न सिफारिस गरिएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरिएको जानकारी दिए ।
सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ ।
यहीबिचमा केन्द्रीय अनुसन्धान ब्युरोबाट थप प्रमाण र तथ्यहरू प्राप्त हुन आएको भन्दै समितिले सोको अध्ययन विश्लेषण गर्न र केही निकायहरूबाट विवरणहरू तथा जवाफ प्राप्त हुन बाँकी रहेकाले निर्धारित समय फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने देखिएको आचार्यले बताए ।
यसर्थ यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन गर्न गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् समक्ष अनुरोध गरिएको उनको भनाइ छ ।
अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण