पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु
बारा । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेको घाइते वयस्क पाटे बाघको मृत्यु भएको छ । सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । यद्यपि सो बाघको मृत्यु आइतबार राति नै भएको निकुञ्जको भनाई छ ।
यसअघि पनि निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघमध्ये एक बघिनीको मृत्यु भएको थियो । यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी ल्याएर खोरमा राखेर निकुञ्जले रेखदेख गर्दै आएको थियो ।
खोरमा राखिएको बाघलाई निकुञ्जले दैनिक ५ केजीका दरले भैँसीको मासु खुवाउने गर्दछ । आइतबार राति मृत्यु भएको करिब १० वर्ष उमेरको सो बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको थियो । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घाइते बाघलाई औषधी उपचार भइरहे पनि बचाउन नसकिएको बताए ।
‘हामीले मासुमा औषधी हालेर खुवाइरहेका थियौँ, तर पनि सधैँ जङ्गलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ’ सूचना अधिकारी भगतले भने– ‘घाइते बाघलाई उपचार गर्न पनि असाध्यै समस्या हुने रहेछ ।’ पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाइसकेका छन् ।
हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो । १२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।
गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको सङ्ख्या बढेसँगै वासस्थानको अभाव हुँदा बाघहरू आफै जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षति पुर्याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण