धनाढ्यका लागि घर ज्वाइँ खोजिदिन्छ यो कम्पनी

बेइजिङ । संसारमा ताल तालका सेवा सुविधाहरू पाइन्छ । पैसा तिर्न सक्ने ल्याकत र किन्न सक्ने हैसियत हुनु पर्छ जस्तो खालका सेवाहरू पनि पाइन्छ । हामीले हाम्रो जीवनमा वर्षौँदेखि मान्दै आएका रीतिरिवाज र परम्पराहरू पनि परिवर्तन भइरहेका छन् । अब विवाहका लागि केटा र केटी नै चाहिन्छ भन्ने छैन, समलिङ्गी विवाहहरू हुन थालेका छन् । त्यसैगरी केटीले पनि जन्म घरबाट बिदा भएर कर्म छर जानु पर्दैन । केटाहरू पनि जन्मघर छाडेर ससुराली गएर बस्न थालेका छन् ।
चीनमा एउटा बर वधू खोजिदिने कम्पनीले आफ्ना ग्राहकका लागि घर ज्वाइँ खोजिदिन्छ । वर दुलहीकै घरमा बस्छन् अनि उनको वंशजलाई अगाडि बढाउँछन् । जस्तो शताब्दीऔँ देखि महिलाहरूले गर्दै आएका थिए । साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचारका अनुसार चीनमा परम्परागत श्रीमानको ठाउँमा लिभ–इन ज्वाइँको चलन बढ्दै गएको छ । यस्ता खालको घर ज्वाइँ खोजिदिने काम भने चीनको हेन्ग्जाउ शाओशन जिल्लामा रहेको एउटा म्याचमेकिङ एजेन्सीले गर्दै आएको छ ।
यो एजेन्सीले फरक खालको सेवा दिइरहेको छ । यसमा श्रीमान् श्रीमतीको घरमा बस्नेछन् । यस जोडीबाट जन्मिने बच्चाले आमाको थर राख्नेछन् । अनि आमाकै वंशजलाई अगाडि बढाउनेछन् । यसका लागि एजेन्सीले चयन गर्ने व्यक्ति (घर ज्वाइँ)ले वार्षिक करिब १२ लाख रुपैयाँ कमाउनु पर्नेछ । त्यो व्यक्तिको उचाइ ५ फिट ६ इनच हुनु पर्नेछ भने कुनै आपराधिक रेकर्ड हुनु हुन्न । अनि शरीरमा कतै ट्याटु पनि गरेको हुनुहुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा उम्मेदवार अल्छी हुनु नहुने बताइएको छ ।
यो सेवाका लागि दर्ता शुल्क २ लाख ७८ हजार नेपाली रुपैयाँ लाग्ने छ । एक पटक दर्ता गरेपछि यसको वैधता दुई वर्षसम्म रहनेछ । आफूहरूकहाँ दैनिक २० देखि ३० जना लिभ इन ज्वाइँ बन्न चाहने केटाहरूबाट आवेदन आइरहेको एजेन्सीले बताएको छ । परम्परागत श्रीमानको जिम्मेवारी वहन गर्नु नपर्ने अनि धनी केटीसँग जीवन राम्रोसँग बित्ने भएकोले पनि चिनियाँ युवाहरुमाझ यो सेवाप्रति रुचि बढेको एजेन्सी बताउँछन् । शाओशनमा धेरै पहिलो देखि घर ज्वाइँको चलन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलाकी’मा भित्रिइन् शिल्पा
-
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्बिरहरू)
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक