बजेटका सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय सभामा १७ गतेदेखि छलफल हुने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ । सोमवारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् ।
राष्ट्रिय सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि १७, २७, २९ र ३० गते राष्ट्रिय सभाको बैठकमा छलफल हुने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले छलफलमा उठेका प्रश्नको जवाफ फागुन ३० गते अर्थमन्त्री महतले दिनुहुने बताए ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मात्र केन्द्रित भई छलफल हुने र छलफलमा भाग लिन चाहने सदस्यहरूको नाम दलीय प्रतिनिधित्वका आधारमा छलफल भन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा उपलब्ध गराइदिन आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन १७ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लुम्बिनीका अस्पताल विकास समितिमा कांग्रेस–एमालेबिच भागबन्डा, अन्य दलको विरोध
-
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
-
एमाले धनुषा अधिवेशन : भोला यादव नेतृत्वको प्यानल विजयी
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु