बजेटका सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय सभामा १७ गतेदेखि छलफल हुने
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ । सोमवारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गरेका हुन् ।
राष्ट्रिय सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि १७, २७, २९ र ३० गते राष्ट्रिय सभाको बैठकमा छलफल हुने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले छलफलमा उठेका प्रश्नको जवाफ फागुन ३० गते अर्थमन्त्री महतले दिनुहुने बताए ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मात्र केन्द्रित भई छलफल हुने र छलफलमा भाग लिन चाहने सदस्यहरूको नाम दलीय प्रतिनिधित्वका आधारमा छलफल भन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा उपलब्ध गराइदिन आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन १७ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण