आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इलाम उपनिर्वाचनका लागि तातियो रास्वपा, सहमहामन्त्री बुर्लाकोटीलाई पठाउने

सोमबार, १४ फागुन २०८०, १९ : २३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारी सुरु गरेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो । 

इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ ।  निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप