लदी पर्वमा बागमती र बकैयामा सार्वजनिक बिदा
हेटौँडा । मकवानपुरको पूर्वी गाउँपालिकाहरू बागमती र बकैया गाउँपालिकाले लदी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको मुख्य पर्व लदीका अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
पालिकाहरूले सार्वजनिक सूचना जारी गर्दै यही फागुन १५ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । माझी समुदायको पर्व लदी (कोशी पूजा) को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान र बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित छुट्टाछुट्टै सूचनामा सार्वजनिक बिदा दिने जानकारी दिइएको हो । सूचनामा बागमती र बकैयामा बसोबास गर्ने माझी समुदायका नागरिकको मौलिक पर्व लदी (कोशी पर्व) को अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ ।
सूचनामा पालिकाको अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा बिदा दिइएको छ । पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थाहरू मङ्गलवार बन्द रहने उल्लेख गरिएको छ ।
त्यस्तै मङ्गलवार बकैया गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण